शुक्रबारदेखि असोज २० गतेसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले यी दुवै सडकमा बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
बागमती– बागमती प्रदेशको राजधानी हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै कान्ति लोकपथ र हेटौँडा–भैँसे–काठमाडौँ सडकमा शुब्रबारदेखि असोज २० गतेसम्म रातको समयमा सवारी सञ्चालनमा रोक लगाएकी हुन्।
उक्त अवधिभर कान्ति लोकपथ बेलुका ४ बजेदेखि बिहान ६ बजेसम्म र हेटौँडा–भैँसे–काठमाडौँ सडकमा बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
मौसम पूर्वानुमानसम्बन्धी सूचनाबमोजिम असोज १७ गतेदेखि २० गतेसम्म जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले यी दुवै सडकमा बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
