बर्दिबासमा बस दुर्घटना: २ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खयरमाराबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो।

महोत्तरी– बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

खयरमाराबाट काठमाडौँ जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस शुक्रबार खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो। 

पैदलयात्री बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा मृत्यु भएको हो। 

इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी विकास बमका अनुसार दुर्घनामा बसमा सवार ४० जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूको बर्दिबसस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।