टी२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

टी२० विश्वकप छनोट अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदै छ। नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ।

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी२० विश्वकप २०२६ को एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटका लागि नेपाली टोलीको घोषणा गरेको छ।

क्यानले शुक्रबार विज्ञप्ती जारी गर्दै १५ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएका अधिकांश सदस्य समेटिएका छन्। उक्त टोलीबाट साहब आलम बाहिरिएका छन्। 

टी२० विश्वकप छनोट अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदै छ। नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ।

null