मनसुनी वायुको प्रभाव, स्थानीय प्रणाली र बंगालको खाडीबाट उत्पन्न न्युनचापीय प्रणालीका कारण शुक्रबार अपराह्नदेखि केही दिन अति भारीसम्म वर्षा हुने गरी मौसम बदली देखिएको विभागले जनाएको छ।
काठमाडौँ– नेपालमा जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति असोज १६ गते रहे पनि मनसुन उत्तरार्धमा पुगेका बेला पुनः सक्रिय भएको छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मनसुन यो वर्ष १५ दिन अगावै नेपालमा प्रवेश गरेको र बाहिरिन पनि केही समय ढिला हुने बताए।
मनसुनी वायुको प्रभाव, स्थानीय प्रणाली र बंगालको खाडीबाट उत्पन्न न्युनचापीय प्रणालीका कारण शुक्रबार अपराह्नदेखि केही दिन अति भारीसम्म वर्षा हुने गरी मौसम बदली देखिएको उनले जानकारी दिए।
वरिष्ठ मौसमविद् अर्यालले शनिबार र आइतबार बढी वर्षा हुने जानकारी दिँदै सोमबारबाट भने क्रमशः सुधार हुँदै जाने बताए। “त्यसपछि पश्चिम वायुको प्रभाव कसरी आउँछ, त्यसले मनसुन बाहिरिने कुराको निर्धारण गर्छ,” उनले भने।
यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा बिस्तार भएको थियो। जेठ २९ गते मधेश, बागमती र गण्डकीका केही र लुम्बिनीका पूर्वी क्षेत्रका केही भागसम्म फैलिएको थियो। असार ६ देखि भने देशभर फैलिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
