केन्द्रमा स्वास्थ्य संस्थाहरूबाट संकलन हुने जोखिमयुक्त फोहोरलाई ल्याई ‘अटो क्लेभ’ मेसिनमार्फत उच्च तापक्रम र चाप (प्रेसर)मा राखेर जीवाणु नष्ट गर्ने प्रक्रिया अपनाइन्छ।
सुदूरपश्चिम– स्वास्थ्य संस्थाहरूबाट निस्कने जोखिमयुक्त फोहोर व्यवस्थापनका लागि धनगढीमा नगरपालिकास्तरीय साझा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनको तयारी गरिएको छ। ‘हेकाफ ३६०’ नामको संस्थाको प्राविधिक सहयोगमा धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा उक्त फोहोर व्यवस्थापन केन्द्र सञ्चालनको तयारी गरिएको हो।
उपमहानगरपालिका कार्यालयका वातावरण इन्जिनियर अशोक अवस्थीले ‘हेकाफ ३६०’ नामको संस्थाले उक्त फोहोर व्यवस्थापनका लागि कर्मचारीको क्षमता अभिवृद्धिका साथै उपकरणको सहयोग गरेको बताए। “आगामी केही दिनमा यो केन्द्र सञ्चालनमा आउन लागेको छ, यसबाट जोखिमयुक्त फोहोरको पनि व्यवस्थापन हुनेछ,” उनले भने।
उपमहानगरपालिकाको ६० लाख रुपैयाँको लागतमा निर्माण गरिएको सो केन्द्रमा सबै स्वास्थ्य संस्थाहरूबाट संकलन गरिने जोखिमयुक्त फोहोरलाई व्यवस्थापन केन्द्रमा ल्याएर ‘अटो क्लेभ’ मेसिन प्रयोग गरी उच्च तापक्रम र उच्च प्रेसर (चाप)मा राखेर जीवाणु नष्ट गर्ने प्रक्रिया अपनाइन्छ। त्यसपछि मात्र फोहोरको वर्गीकरण गर्ने व्यवस्था मिलाइएको जनाइएको छ। यसअन्तर्गत स्वास्थ्य संस्थाहरूले सेवा प्रदान गर्दा उत्पादन हुने फोहर स्रोतमै छुट्याउने प्रणालीको विकास गर्न लागिएको छ।
एक वित्तीय विश्लेषण अध्ययनले स्वास्थ्य संस्थाको एक किलो जोखिमयुक्त फोहोर व्यवस्थापनका लागि ४३ रुपैयाँ देखि ५८ रुपैयाँसम्म सेवा शुल्क पर्न आउने देखिएको बताइन्छ। धनगढी उपमहानगरपालिका कार्यालयले उपमहानगर क्षेत्रमा दैनिक हुने कुहिने र नकुहिने फोहोरलाई ठेक्कामार्फत संकलन गरेर व्यवस्थापन गरिरहेको भए पनि स्वास्थ्य संस्थामा संकलन हुने जोखिमयुक्त फोहोर व्यवस्थापनमा भने चुनौती देखिन थालेको अवस्थामा यो केन्द्र सञ्चालनसँगै जोखिमयुक्त फोहोरको पनि सहज व्यवस्थापन हुने अपेक्षा गरिएको छ। १९ वडा रहेको धनगढी उपमहानगरपालिकाका कतिपय ग्रामीण क्षेत्रका वडामा भने फोहोर व्यवस्थापनका साथै स्तरीय सडक र स्वच्छ खानेपानीलगायत पूर्वाधार अझै जुट्न सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
