गलकोटको हटिया बजारबाट ताराखोला जाँदै गरेको पिकअप भ्यान सडकबाट करिब २० मिटर तल ताराखोलामा खसेको थियो।
ढोरपाटन– बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
शुक्रबार साँझ ताराखोला गाउँपालिका–१, गाईघाटनजिकै ग १ ज ६१०० नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा गलकोट नगरपालिका–५, सर्दाखेत निवासी २४ वर्षीय दिनेश थापाको घटनास्थलमै मृत्यु भएको हो।
गलकोटको हटिया बजारबाट ताराखोला जाँदै गरेको उक्त पिकअप भ्यान दुर्घटनामा परेको थियो। दुर्घटनामा गलकोट नगरपालिका–५, सर्दाखेतका २४ वर्षीय मिलन परियार र सोही वडाका ४३ वर्षीय वीरबल परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।
घाइतेमध्ये वीरबल परियार गम्भीर रहेकाले गलकोट नगर अस्पतालमा सामान्य उपचारपछि पोखरा रिफर गरिएको छ। अर्का घाइते मिलन परियारको भने गलकोट अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताए।
दुर्घटनामा पिकअप भ्यान सडकबाट करिब २० मिटर तल ताराखोलामा खसेको थियो। दुर्घटनाको खबर पाउनासाथ गलकोटबाट प्रहरीको टोली पुगेर उद्धार गरेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
