मनसुनी वायुको प्रभावले देशभर वर्षा, यी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती र गण्डकीका पहाडी र तराई भूभागका केही स्थान तथा मधेश प्रदेशलगायत लुम्बिनीका तराई भूभागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

काठमाडौँ– देशभर बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ। जसको प्रभावले दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पहाडी र तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी, मधेश, बागमती र गण्डकीका पहाडी र तराई भूभागका थोरै स्थान तथा लुम्बिनीको तराई भूभागमा भारी वर्षा हुनेछ। यस्तै, मधेश, बागमती र गण्डकीका पहाडी र तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति कोशी, मधेश, बागमती र गण्डकीमा अधिकांश बदली रहनेछ। बाँकी प्रदेशमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकीका पहाडी र तराई भूभाग तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। 

कोशी, मधेश, बागमती र गण्डकीका पहाडी र तराई भूभागका केही स्थान तथा मधेश प्रदेशलगायत लुम्बिनीका तराई भूभागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।