बागमती, मधेश, गण्डकी र लुम्बिनीमा शनिबार राति १० बजेदेखि आइतबार बिहान २ बजेसम्म २०० मिलिमिटरभन्दा बढी पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले शनिबार साँझ ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागका महानिर्देशक कमलराम जोशीले अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेका हुन्। जोशीले विशेषगरी यस अवधिमा बागमती, मधेश, गण्डकी र लुम्बिनीमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बताए।
“यी प्रदेशहरूमा आज राति १० बजेदेखि आइतबार बिहान २ बजेसम्म २०० मिलिमिटरभन्दा बढी पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जरुरी छ,” उनले भने।
यो समयमा अनावश्यक रूपमा यात्रा नगर्न जोशीले आग्रह गरे। विभागका अनुसार देशभर बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको छ। जसका कारण शुक्रबार रातिदेखि देशभर वर्षा भइरहेको छ।
विषेशगरी मधेश, बागमती र कोशी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमानपछि सरकारले सार्वजनिक सूचना जारी गरेर काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने तथा लामो दूरीका सवारीसाधन तीन दिनका लागि बन्द गरिसकेको छ।
सरकारको सूचनापछि उपत्यकाबाट बाहिरिएका सवारीसाधन धमाधम उपत्यकामा नै फर्किन थालेका छन्। ट्राफिक प्रहरीले नागढुंगा चेकपोस्टबाट बाहिरिन लागेका २५० सवारी साधनलाई काठमाडैँतर्फ नै फर्काइएको जनाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न राजमार्गमा पहिरो जान थालेपछि सुरक्षित रहन सवारीसाधन उपत्यकामा नै फर्किन थालेको जानकारी दिएको छ। बीपी, अरनिको, पृथ्वीलगायतका मुख्य राजमार्गमा पहिरो जान थालेपछि उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि फर्किएका हुन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबारसम्म यातायात व्यवसायीलगायत कसैले पनि अत्यावश्यकबाहेक लामो दूरीका तथा काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन नचलाउन आग्रह गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
