ताप्लेजुङदेखि धरान जाँदै गरेको जिप पाँचथरमा दुर्घटना, ६ जना गम्भीर

दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको उद्धार गरेर उपचारका लागि धरान पठाइएको छ।

काठमाडौँ– ताप्लेजुङदेखि धरान जाँदै गरेको जिप पाँचथरमा दुर्घटना भएको छ। 

११ जना सवार जिप तमोर करि‍डोरअन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा दुर्घटना भएको उक्त वडाका वडाध्यक्ष बाबुराम कार्कीले जानकारी दिए। 

दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको उद्धार गरेर उपचारका लागि धरान पठाइएको उनले बताए। “अन्य पाँच जनाको अवस्था थाहा हुन सकेको छैन। हामी खोजी गरिरहेका छौँ,” उनले उकालोसँग भने।

वडाध्यक्ष कार्कीका अनुसार जिप सडकबाट तल भीरमा खसेको छ।