अपडेट: पाँचथर दुर्घटनामा ५ जनाको मृत्यु

ताप्लेजुङदेखि सुनसरीको धरान जाँदै गरेको जिप तमोर करिडोरअन्तर्गत कुम्मायक गाउँपालिका–३  स्थित कात्तिकेमा दुर्घटना भएको हो।

काठमाडौँ– पाँचथरमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

ताप्लेजुङदेखि सुनसरीको धरान जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जिप तमोर करिडोरअन्तर्गत कुम्मायक गाउँपालिका–३  स्थित कात्तिकेमा शनिबार दुर्घटना भएको हो। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ६ जना घाइते भएका छन्। त्यसमध्ये गम्भीर घाइते पाँच जनालाई उपचारका लागि धरान पठाइएको छ। एक जनालाई फिदिम लगिएको प्रहरीले जनाएको छ। 

उद्धारका लागि इटहरीमा हेलिकप्टर तयारी अवस्थामा रहेको भए पनि भिजिबिलिटी कम भएका कारण उड्न नसकेको नेपाली सेनाले जनाएको छ।