अविरल वर्षाले बागमती किनारका बस्ती डुबानमा (तस्वीरहरू)

बागमती खोला किनारका सुकुम्बासी बस्तीहरू डुबानमा परेसँगै उद्धार गर्न नेपाली सेना परिचालन गरिएको छ।

तस्वीर: नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– अविरल वर्षाका कारण काठमाडौँका केही स्थानका बस्तीमा पानी पसेको छ। विशेषगरी बागमती खोला किनारका सुकुम्बासी बस्ती डुबानमा परेका हुन्। अहिले ती बस्तीहरू खाली गराउन नेपाली सेना परिचालन गरिएको छ।

सेनाले हरेक घरमा निरीक्षण गर्दै बासिन्दालाई सुरक्षित स्थानमा सार्न र आवश्यक परेका सामान ओसार्नसमेत सहयोग गरिरहेको छ।

जल तथा मौसम विज्ञान विभागले काठमाडौँसहित देशभरका विभिन्न ठाउँहरूमा बिहानदेखि लगातार वर्षा भइरहेको जनाएको छ। विभागले आज र भोलि (शनिबार र आइतबार) भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ भने रातिमा अझ धेरै वर्षा हुने जनाएको छ।

nullnullnullnullnullnullnullnullnull