देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

कोशी र मधेशका धेरै तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। साथै, कोशी र मधेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

काठमाडौँ– बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा प्रभावका कारण देशभर वर्षा हुनेछ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेशका अधिकांश स्थामा पूर्ण बदली रही बागमती र लुम्बिनीमा साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहने छ। 

कोशी र मधेशका धेरै तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। साथै, कोशी र मधेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति कोशी, मधेश र बागमतीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशीका पहाडी भूभागमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।