माङसेबुङ–१ पाटीगाउँमा पहिरोमा परेर गम्भीर घाइते भएका दुई जनाको उद्धारका लागि इटहरीबाट नेपाली सेनाको हेलिकप्टर गएको छ।
काठमाडौँ– इलामका विभिन्न स्थानमा शनिबार रातिको अविरल वर्षाका कारण गएको बाढी र पहिरोमा परेर १८ जनाको मृत्यु भएको छ।
सूर्योदय नगरपालिका–१ माने भञ्ज्याङमा ५ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलले जानकारी दिए। उनका अनुसार माङसेबुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जनाको मृत्यु भएको छ।
यसैगरी, इलाम नगरपालिका–५ घोसगाउँमा ६ जनाको मृत्यु भएको एसएसपी पोखरेलले जानकारी दिए। देउमाई नगरपालिका–५ धुसुनेमा २ जना तथा सोही वडाको धारेमा १ जनाको मृत्यु भएको छ। फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जनाको मृत्यु भएको उनले बताए।
“जताततै पहिरो गएकाले सबै क्षतिको विवरण संकलन भइसकेको छैन। प्रहरीले मुचुल्का उठाएर शव संलकन गर्ने र उद्धार कार्य भइरहेको छ,” उनले उकालोसँग भने, “यो प्रारम्भिक विवरण मात्रै हो।”
एसएसपी पोखरेलले माङसेबुङ–१ पाटीगाउँमा पहिरोमा परेर गम्भीर घाइते भएका दुई जनाको उद्धारका लागि इटहरीबाट नेपाली सेनाको हेलिकप्टर गएको बताए। प्रभावित क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
