सप्तकोशीमा बहाव उच्च: ५६ वटै ढोका खोलियो

सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कोशीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३५ हजार ३६० क्युसेकभन्दा बढी भएपछि ५६ ढोका खोलिएको बताए।

धरान– शुक्रबार र शनिबारदेखिको लगातार वर्षाले सप्तकोशी नदीको जलबहाव बढेको छ। जलबहाव उच्च भएपछि कोशी बराजका ५६ वटै ढोका खोलिएका छन्।

सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कोशीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३५ हजार ३६० क्युसेकभन्दा बढी भएपछि ५६ ढोका खोलिएको बताए। उनका अनुसार नदीमा निरन्तर जलमापन  भइरहेको छ।

आइतबार बिहान ८ः१५ बजे पानीको प्रवाह प्रतिसेकेन्ड ३ लाख ३५ हजार ६० क्युसेक पुगेपछि ५० ढोका खोलिएको थियो।  

“पानीको सतह निरन्तर बढेपछि कोशी बराजमा जोखिमको संकेतस्वरुप रातो बत्ती बालिएको छ भने रातो झन्डा फहराइएका छन्।” सप्तकोशी जलमापन कन्ट्रोल रुमले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको जानकारी दिएको छ।

बाढीले उदयपुर र सुनसरीका केही क्षेत्रमा जोखिम हुने हुँदा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी मिश्रले आग्रह गरेका छन्।