बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर प्रयोगका लागि ओएण्डएम गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको छ।
काठमाडौँ– सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलको भरपुर प्रयोगका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। आयोजनाको प्रभावकारी व्यवस्थापन गर्ने र यसबाट मुलुक यथेष्ट लाभान्वित हुने अवस्था सिर्जना गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको पाैडेलले बताए।
पोखरा विमानस्थल राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १७ गते सो विमानस्थलको उद्घाटन गरेका थिए। चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण गरिएको हो। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले कोरोना महामारीका बाबजुद पनि पोखरा विमानस्थल समयमै निर्माण भएको बताए।
बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदका लागि माघ २५ गते बुधबार निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ। राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशतर्फको राष्ट्रियसभा सदस्यको पद रिक्त छ।
बैठकले मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा बाजुरामा मृत्यु भएका सञ्जीव ऐडी र चेतनदेव ऐडीका परिवारलाई जनही १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
