सशस्त्र प्रहरी बलका अनुसार बाढी पहिरोमा परेर इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।
काठमाडौँ– अविरल वर्षाका कारण बाढी पहिरोमा परी शनिबार र आइतबार देशभर मृत्यु हुनेको संख्या ४९ पुगेको छ।
सशस्त्र प्रहरी बलका अनुसार इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ। सूर्योदय नगरपालिकामा ५, इलाम नगरपालिकामा ६, देउमाई नगरपालिकामा ८, फाकफोकथुम गाउँपालिकामा १, माङसेबुङ गाउँपालिकामा ३, माइजोगमाई गाउँपालिकामा ८ र सन्दकपुर गाउँपालिकामा ६ जनाको मृत्यु भएको हो।
पहिरोमा परेर सूर्योदयमा दुई जना र माङसेबुङ गाउँपालिकामा तीन जना घाइते भएका छन्।
यसैगरी, पाँचथरमा शनिबार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो। उदयपुरमा दुई, खोटाङमा एक र रौतहटमा तीन जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।
विपद्का घटनामा दुई दिनमा २० जना घाइते भएका छन्। विभिन्न जिल्लामा सात जना बेपत्ता भएका छन्।
इलाममा एक, बारामा एक, रसुवामा चार र काठमाडौँमा एक जना बेपत्ता भएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
