उपत्यका ट्राफिक प्रहरी कार्यालयले बाढीपहिरो तथा विपद्को सम्भावित घटनालाई मध्यनजर गर्दै साँझ ५:०० बजेभित्र नागढुंगा पुगेका लामो दूरीका रात्रिकालीन बसलाई मात्रै प्रस्थान अनुमति दिइने जनाएको छ।
काठमाडौँ– बाढीपहिरो तथा विपद्को सम्भावित घटनालाई मध्यनजगर गर्दै साँझ ५ः०० बजेभित्रमा पुगेका लामो दूरीका रात्रिकालीन बसलाई मात्रै नागढुंगाबाट प्रस्थानका लागि अनुमति दिइने भएको छ।
बाढीपहिरोलगायत विपद् जोखिमका घटनालाई मध्यनजर गर्दै काठमाडौँबाट नागढुंगामा ५ः०० बजे पुगेका लामो दूरीका रात्रिकालीन बसलाई मात्रै गन्तव्यतर्फ पठाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए।
“बाढीपहिराको सम्भावित जोखिम अझै देखिएकाले नागढुंगामा ५ः०० बजेभित्र पुगेका रात्रिकालीन बसलाई मात्र बाहिरिने अनुमति दिइनेछ। सोहीअनुसार हामीले सम्बन्धित बस व्यवसायीका संस्थामा जानकारीसमेत दिएका छौँ,” उनले भने।
यसैगरी, रातिका बेलामा जोखिम बढ्ने भएकाले चालकहरूले पनि जोखिम मोलेर सवारीसाधन नचलाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रहसमेत गरेको छ। आइतबार बिहानदेखि कम्तीमा पनि २०० को हाराहारीमा नागढुंगाबाट लामो तथा छोटो दूरीका सवारीसाधन बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
