नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा चल्न थाले गाडी

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन्। तर अझै देशका विभिन्न ११ ठाउँमा सडक अवरुद्ध छन्।

काठमाडाैँ– नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन्। गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति  ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। जिल्लाका १४ स्थानमा विश्राम कक्ष (होल्डिङ् सेन्टर)मा रोकिएका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्य तर्फ जान थालेका हुन्।

बाढीपहिरोले अवरुद्ध
बाढीपहिरोले गर्दा देशका विभिन्न ११ ठाउँमा सडक अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६:४० मा जारी गरेको सूचनाअनुसार पूर्वको कोशी राजमार्ग र सिद्धिचरण लोकमार्ग पूर्णरूपमा अवरुद्ध छन्। मध्यपहाडी लोकमार्गका पनि केही भागमा पहिरोले गर्दा यातायात सञ्चालन हुन सकेको छैन।

काठमाडाैँलाई हेटाैँडासँग जोड्ने कान्ति लोकपथ पनि पूर्णरूपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

यस्तो छ देशभरका सडकको अवस्था:

null