मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको जनाएको छ।
काठमाडौँ– यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार सोमबारबाट लुम्बिनी र गण्डकी प्रदेशका पश्चिमी भू-भागबाट समेत मनसुन बहिर्गमन भएको छ।
महाशाखाका अनुसार मनसुनी वायु कमजोर बन्दै गएकाले देशका बाँकी भू-भागबाट पनि अबको केही दिनभित्र मनसुन बाहिरिने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन बहिर्गमन प्रक्रियालाई नियमित अनुगमन गरिरहेको र थप जानकारी आवश्यकताअनुसार अद्यावधिक गर्दै जाने बताएको छ।
यस वर्ष नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको थियो। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहे पनि यस वर्ष मे २९ मै मनसुन भित्रिएको थियो। विभागले मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको थियो।

यता, दशैँलगत्तै असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको बाढीपहिरोले देशभर ठूलो जनधनको क्षति पुर्याएको छ। हालसम्मको अद्यावधिक विवरणअनुसार वर्षाजन्य विपद्का कारण ४६ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार मध्यान्ह १२ बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार, यस विपत्तिमा परी २४ जना घाइते भएका छन् भने १८ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। मानवीय क्षतिमा मुख्यगरी पहिरो, बाढी, चट्याङ र खोलाले बगाउनेजस्ता घटना जिम्मेवार रहेको प्राधिकरणले जनाएको छ।
यस विपद्को सबैभन्दा बढी मानवीय क्षति इलाम जिल्लामा देखिएको छ, जहाँ पहिरोका कारण ३७ जनाले ज्यान गुमाएका छन्।
अन्य जिल्लाहरूमा पनि विभिन्न कारणले क्षति पुगेको छ। जसमा रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने उदयपुरमा खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ। यसबाहेक पाँचथर, खोटाङ, काभ्रे, मोरङ, रसुवा, भोजपुर, ललितपुर, मकवानपुर, ताप्लेजुङ र धनकुटाजस्ता जिल्लाहरूमा पनि मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
