चिनियाँ सरकारी मिडिया सीसीटीभीका अनुसार हिम आँधीका कारण सयौँ पर्वतारोही शिविरमा क्षति पुगेको छ। फसेका पर्वतारोहीको उद्धारका लागि टोली खटाइएको र उद्धार प्रयास जारी रहेको छ।
चीनतर्फ सगरमाथा (माउन्ट कोमोलङ्मा) नजिकैको दुर्गम तिब्बती भिरालो क्षेत्रमा भारी हिमपात र हिम आँधी आउँदा कैयौँ पर्वतारोही फसेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमले दिएको जानकारीअनुसार हिम आँधीका कारण त्यहाँ रहेका सयौँ पर्वतारोही शिविरहरूमा क्षति पुगेको छ। फसेका पर्वतारोहीहरूको उद्धारका लागि टोलीहरू खटाइएको र उद्धार प्रयास जारी रहेको बताइएको छ।
चिनियाँ सरकारी मिडिया सीसीटीभीका अनुसार चिनियाँ राष्ट्रिय बिदाको समयमा सगरमाथाको भिरालो क्षेत्रमा भारी हिम आँधी आउँदा करिब ५५० जना पर्वतारोही फसेका छन्। करिब ३५० जना पर्वतारोही टिंगरी क्षेत्रमा रहेको एक बैठक स्थलमा पुगेका थिए भने अन्य २०० जनासँग उद्धार टोली सम्पर्कमा रहेका छन्।
पर्वतारोहीहरू चार हजार ९०० मिटर (१६ हजार फिट) भन्दा माथि फसेका थिए, जबकि सगरमाथाको कुल उचाइ आठ हजार ८५० मिटर छ। हिउँले बाटो अवरुद्ध हुनुअघि तल झर्ने प्रयास गरेका पर्वतारोहीका अनुसार उनीहरूका टेन्ट हिउँले ढाकेका थिए र जमिनमा करिब एक मिटर (३ फिट) हिउँ परेको थियो।
फसेका मानिसहरू तल आउन सकून् भन्ने उद्देश्यले सयौँ उद्धारकर्ता आइतबारदेखि नै उचाइमा बाटो खाली गर्न अघि बढेका थिए। एक गाउँलेले खिचेको भिडियोमा घोडा र गोरुका साथ लामबद्ध टोली हिउँमा घुमाउरो बाटोतिर अगाडि बढ्दै गरेको देखाइएको छ।
चीनमा राष्ट्रिय बिदा शुरू हुँदा पश्चिमी क्षेत्रहरूमा हिम आँधी आएको थियो। किङ्घाई प्रान्तको उत्तरी भागमा पनि अप्रत्याशित मौसम र निरन्तर हिमपातका कारण एक हाइकरको हाइपोथर्मिया र उचाइ रोगबाट मृत्यु भएको थियो भने १३७ जनालाई उद्धार गरिएको सीसीटीभीले सोमबार जनाएको छ। करिब चार हजार मिटर (१३ हजार एक सय फिट) उचाइ भएको मेनयुआन काउन्टीमा खोजी कार्य कठिन भएको थियो।
चीन र नेपालको सीमामा फैलिएको सगरमाथा क्षेत्रमा हालैको भारी वर्षाले नेपालतर्फ पनि ४० भन्दा बढीको ज्यान लिएको थियो। पर्वतारोहीहरू सगरमाथाको चिनियाँ क्षेत्र तिब्बतबाट विश्वको सर्वोच्च शिखर आरोहण गर्ने प्रयास गर्छन्। यस दुर्गम क्षेत्रमा सरकारले सडक र पर्यटन विकासका लागि ठूलो रकम लगानी गरेको छ। यसअघि, जनवरीमा सोही क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
