इप्पानले संकलन गरेको प्रारम्भिक विवरणअनुसार, सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ आयोजना बाढीबाट प्रभावित भएका छन्।
काठमाडौँ – असोज १७–१९ गतेसम्म आएको भारी वर्षाका कारण नेपालका तीन प्रदेशका १० जिल्लामा ३२ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार, सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ आयोजना बाढीबाट प्रभावित भएका हुन्।
इलाममा मात्रै १५ आयोजनाको उत्पादन बन्द
बाढी पहिरोबाट सबैभन्दा बढी प्रभावित भएको कोशी प्रदेशको इलाम जिल्लामा जलविद्युत् आयोजनामा पनि सर्वाधिक क्षति पुगेको छ। इलाममा मात्रै सञ्चालनमा रहेका १५ वटा जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ।
इलाममा उत्पादन बन्द भएका मुख्य आयोजनाहरूमा माईखोला (४.५ मेवा), माईखोला क्यासकेड (८ मेवा), माईखोला-सानिमा माई (२२ मेवा), सुपरमाई (७.८ मेवा), सुपरमाई ए (९.६ मेवा), जोगमाई खोला (७.६ मेवा)लगायतका १५ आयोजनामा क्षति पुगेको छ।
त्यस्तै, कोशी प्रदेशकै पाँचथरमा रहेको १४.९ मेवाको हेवाखोला र बागमती प्रदेशको ५२.४ मेवाको लिखु ४ जलविद्युत् आयोजना प्रभावित भएका छन्। लिखु ४ को उत्पादन भने एक घण्टाभन्दा केही बढी समय मात्र बन्द भएको थियो।

निर्माणाधीन आयोजनाको धेरै क्षति पहुँचमार्गमा
निर्माणाधीन अवस्थामा रहेका १५ जलविद्युत् आयोजनाहरूमा सबैभन्दा धेरै क्षति पहुँचमार्गमा देखिएको छ। मनाङमा रहेको ४९.९५ मेवा क्षमताको दाना खोला जलविद्युत आयोजनाको १२ किलोमिटर पहुँच सडकको धेरै ठाउँमा पहिरो गएको छ।
इलाममा रहेको १० मेवाको सिद्धिखोला जलविद्युत आयोजना, जुन १० दिनभित्र व्यावसायिक उत्पादनमा जाने तयारीमा थियो, बाढीले क्षति पुर्याउँदा यसको उत्पादन मिति पछि सरेको छ।
पाँचथरमा रहेको २१.५ मेवाको सभाखोला बी र ९.९ मेवाको हेवाखोला आयोजनाको निर्माण सामग्री र उपकरणहरू नै बाढीले बगाएको छ।
सिन्धुपाल्चोकमा रहेका ब्रम्हायणी (३६.५१ मेवा), माथिल्लो ब्रम्हायणी (१५.१५ मेवा), बलेफी (४० मे.वा.) र तल्लो बलेफी (२२.५ मे.वा.) सहित रसुवा, भोजपुर, म्याग्दी, लमजुङ, रामेछाप र धादिङ का निर्माणाधीन आयोजनाहरूको पहुँचमार्ग तथा संरचनामा क्षति पुगेको छ, जसले गर्दा विद्युत् उत्पादन मिति पर सरेको छ।
इप्पान भन्छ: पूर्वसूचनाले मानवीय क्षति रोक्न सफलता
इप्पानका अध्यक्ष गणेश कार्कीले यस वर्ष पूर्वसूचनाले बाढीबाट हुने ठूलो मानवीय क्षति रोक्न सफलता मिलेको बताए। उनका अनुसार, इप्पान र जल तथा मौसम विज्ञान विभाग बीच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौता कार्यान्वयनमा आएपछि समयमै आवश्यक जानकारी प्राप्त भयो। समयमै गरिएको पूर्वतयारीका कारण मानवीय क्षति रोक्न सफल भएको र अघिल्ला वर्षहरूको तुलनामा यसपटक जलविद्युत आयोजनाहरूमा निकै कम मात्र भौतिक क्षति भएको उनले दाबी गरे।
यद्यपि, सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनासम्म पुग्ने पहुँचमार्गहरू अवरुद्ध भएका कारण बाढीबाट भएको क्षतिको विस्तृत विवरण आउन भने अझै केही समय लाग्न सक्ने इप्पानले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
