नोबेल पुरस्कार समितिले यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रतिरोध प्रणालीसँग सम्बन्धित अनुसन्धान र खोज गर्ने तीन वैज्ञानिकलाई दिने घोषणा गरेको छ।
यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रतिरोध प्रणालीसँग सम्बन्धित अनुसन्धान गर्ने तीन वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।
नोबेल पुरस्कार समितिले सोमबार संयुक्त राज्य अमेरिकाका मेरी ब्रन्को, फ्रेड र्याम्स्डेल र जापानका शिमोन साकागुचीलाई सन् २०२५ को प्रतिष्ठित पुरस्कार दिने निर्णय भएको घोषणा गरेको छ।
उनीहरूलाई शरीरको प्रतिरोध प्रणालीमा ‘रेग्यलेटरी टी–सेल’ भनिने विशेष कोष रक्षकका रूपमा उपस्थित हुने तथ्य पत्ता लगाउन गरेको विशेष योगदानका लागि पुरस्कृत गरिएको हो।
नोबेल समितिका अनुसार उनीहरूले उजागर गरेका तथ्यहरूले अहिले परीक्षण भइरहेका विभिन्न चिकित्सकीय उपचारविधिलाई थप बलियो बनाउन सक्छन्। यस उपचारविधिबाट स्वप्रतिरक्षात्मक रोगहरूको उपचार सहज हुने, क्यान्सरको उपचार अझ प्रभावकारी बनाउन सकिने, ‘स्टेम सेल’ प्रत्यारोपण गर्दा उत्पन्न हुन सक्ने गम्भीर जटिलतालाई रोकथाम गर्न सकिने ठानिएको छ।
विजेतालाई संयुक्त रूपमा १.१ करोड स्विडिस क्रोनर (लगभग ८.७० लाख पाउन्ड) नगद पुरस्कार र पदकबाट सम्मानित गरिनेछ।
प्रत्येक वर्ष भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र गरी छ विधामा नोबेल पुरस्कार प्रदान गरिन्छ। यी पुरस्कार विगत १२ महिनामा ‘मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका’ व्यक्तिलाई सम्मान गर्न दिइन्छ।
यी पुरस्कारको स्थापना स्विडिस व्यापारी तथा डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले गरेका थिए र यो सबैभन्दा पहिले सन् १९०१ मा प्रदान गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
