झापा र इलामको सिमाना जोरकलशदेखि फिक्कलसम्म अवरोध नभए पनि गोदक, राजदुवाली, नेपालटारगायत ठाउँमा ठूला अवरोध छन्।
इलाम– लगातारको वर्षाका कारण विभिन्न स्थानमा अवरुद्ध भएको मेची राजमार्गको पहिरो हटाउने काम जारी छ।
सडक डिभिजन कार्यालय इलामका अनुसार राजमार्गको बिब्ल्यँटे–राँके खण्डमा पहिरो पन्छाउने काम भइरहेको छ। बिब्ल्याँटेबाट पुवाखोला–साखेजुङ–राँके जाने राजमार्गको सानवीरे खोल्सीमा सबैभन्दा ठूलो पहिरो गएको छ।
रँकेतिरबाट मिलगोलाइसम्म गाडी आउन अवरोध छैन। तर, मिलगोलाई, बन्चरेगोलाई र सानवीरे खोल्सीको अवरोध हटाउन केही समय लाग्ने भएको छ। बुधबारसम्म उक्त खण्ड खुल्ने अनुमान गरिएको छ।
यता, माईखोला खण्डको अवरोध हटाउन भने समय लाग्ने देखिएको कार्यालयले जनाएको छ।
मेची क्षेत्रको लाइफलाइन मानिने मेची राजमार्ग दर्जनौँ ठाउँमा अवरुद्ध छ। झापा–इलाम सीमा जोरकलशदेखि फिक्कलसम्म अवरोध नभए पनि गोदक, राजदुवाली, नेपालटारगायत ठाउँमा ठूला अवरोध छन्। मेची राजमार्ग झापा–इलाम–पाँचथर र ताप्लेजुङ जोड्ने मुख्य पक्की मार्ग हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
