लाङटाङ क्षेत्रमा अलपत्र १२ जनाको उद्धार

लाङटाङ पदयात्राका रहेका भक्तपुरका संस्कृति श्रेष्ठ, किसन श्रेष्ठ, संगीता श्रेष्ठ र रवि श्रेष्ठ भने बेपत्ता छन्।

लाङटाङ क्षेत्रमा अलपत्र १२ जनाको उद्धार
फाइल तस्वीर

रसुवा– लाङटाङ क्षेत्रमा अलपत्र परेका १२ पदयात्रीलाई नेपाली सेनालगायत सुरक्षा निकायले उद्धार गरेका छन्।

पदयात्रामा रहेका भक्तपुरका १६ जनामध्ये चार जना बाढीमा बेपत्ता भएपछि अलपत्र परेका उनीहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले उद्धार गरी स्याफ्रुबेँसी ल्याएको हो। 

सबैलाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। लाङटाङ पदयात्राका रहेका भक्तपुरका संस्कृति श्रेष्ठ, किसन श्रेष्ठ, संगीता श्रेष्ठ र रवि श्रेष्ठ बेपत्ता छन्।