गण्डकीका मुख्यमन्त्रीको निवासमा आगजनी गरेको आरोपमा एक पक्राउ

असोज १२ गते राति गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

गण्डकी– गत असोज १२ गते राति गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

आगजनीपछि फरार रहेका रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भई हाल पोखरा–७ राष्ट्र बैंकचोक बस्ने २२ वर्षीय संयोग थापालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए।

प्रहरी अनुसन्धानका क्रममा थापाले नेपाल राष्ट्र बैंकको पर्खाल छेउमा रहेको एनआईएमबी बैंकको एटीएम स्क्रिनमा समेत ढुंगा प्रहार गरी तोडफोड गरेको खुलेको छ।