नेपाल पर्यटन बोर्डका अनुसार, सन् २०२४ सेप्टेम्बरको तुलनामा यो वर्ष सोही अवधिमा पर्यटक आगमनमा १८.३ प्रतिशतले कमी आएको छ।
काठमाडौँ– सन् २०२५ को सेप्टेम्बर महिनामा कुल ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले मंगलबार सार्वजनिक गरेको आँकडाअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक आगमन भएको हो।
बोर्डको आँकडाले देखाएअनुसार, पर्यटकीय सिजनमै पर्यटक आगमन खुम्चिन पुगेको छ। यो संख्या अघिल्लो वर्ष सन् २०२४ को सेप्टेम्बर महिनाको तुलनामा १८.३ प्रतिशतले कमी आएको हो। अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक भित्रिएका थिए। यसअघि, गत अगष्टमा भने ८८ हजार ६८० पर्यटक आगमन भएको थियो।
बोर्डको तथ्यांकअनुसार सर्वाधिक पर्यटक आगमन हुने देशहरूमध्ये भारतबाट १५ हजार ५५६, अमेरिकाबाट नौ हजार ६७९, चीनबाट पाँच हजार २३७, श्रीलंकाबाट तीन हजार १५ र बांग्लादेशबाट दुई हजार २३० पर्यटक आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
