विभागले बालबालिकाका लागि प्रयोग हुने कुनै पनि औषधि चिकित्सकको सल्लाहबिना प्रयोग नगर्न पनि सर्वसाधारणलाई सचेत गराएको छ।
काठमाडौँ– भारतमा कफ सिरप सेवनपछि बालबालिकाको मृत्यु भएपछि नेपाल सरकारले खोकीको औषधि प्रयोगमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
औषधी व्यवस्था विभागले मंगलबार सूचना जारी गर्दै उत्पादक, वितरक, चिकित्सक र उपभोक्तालाई गम्भीर भनेको हो। सूचनामा बालबालिकाको ज्यान लिने खतरा रहेका ‘कोल्ड्रिफ कफ सिरप’ नेपालमा दर्ता नभएको उल्लेख छ।
भारतका विभिन्न खोकीको औषधि कोल्ड्रिफ कफ सिरपको प्रयोगपछि बालबालिकाको मृत्यु भएको समाचार बाहिरिएपछि ध्यानाकर्षण भएको जनाउँदै विभागले बालबालिकाका लागि प्रयोग हुने कुनै पनि औषधि चिकित्सकको सल्लाहबिना प्रयोग नगर्न पनि सर्वसाधारणलाई सचेत गराएको छ।
आधिकारिक आपूर्तिकर्ताबाट फर्माकोपियल स्तरको मात्र कच्चा पदार्थ खरिद गर्न तथा इथिलिन ग्लाइकोल र डाइथिलिन ग्लाइकोल मिसावट नभएको प्रमाणित गर्न आयातकर्तालाई निर्देशन दिइएको छ।
विभागले फार्मेसी र औषधि पसललाई विभागमा दर्ता भएका औषधि मात्र बिक्री वितरण गर्न आग्रह गरेको छ। यस्तै, चिकित्सकलाई दर्ता भएका औषधिहरू मात्र सिफारिस गर्न र दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई खोकीको औषधि सिफारिस गर्दा वैज्ञानिक प्रमाणका आधारमा मात्र गर्न सुझाव दिइएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
