दोलखाको झुलेमा ६ घर पहिरोको जोखिममा

झुलेको पातले र सिमबारी क्षेत्रका ६ परिवारका ४६ जना पहिरोको उच्च जोखिममा छन्। उनीहरूलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ।

दोलखाको झुलेमा ६ घर पहिरोको जोखिममा
नेपाल न्युज बैंक

दोलखा– दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेस्थित एक बस्ती पहिरोको उच्च जोखिममा परेको छ। 

तीन दिनदेखि परेको अविरल वर्षाका कारण झुलेको पातले र सिमबारी क्षेत्रका ६ घर पहिरोको जोखिममा परेका हुन्। उक्त बस्तीका ६ परिवारका ४६ जना पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

वडाध्यक्ष ईश्वरराज कार्कीका अनुसार उक्त स्थानमा पहिरो खस्ने क्रम जारी छ। प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको उनले बताए।