कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले बैठकले प्रतिवेदनलाई पूर्णता दिएको बताए।
काठमाडौँ– सत्तासाझेदार दलले गठन गरेको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार भएको बताएको छ। शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको कार्यदलको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम तयार भएको जनाएको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले बैठकले प्रतिवेदनलाई पूर्णता दिएको बताए। उनले शनिबार शीर्ष नेताको संयन्त्रमा सरकारका न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिए।
उनले न्यूनतम साझा कार्यक्रम जनताको 'डेलिभरी'को पक्षमा रहेको र परिवर्तनको आभास हुने गरी आएको दाबी गरे। जनतालाई केही दिने सरकार हो भन्ने महसुस गराउने गरी साझा कार्यक्रम तयार पारेको उनको भनाइ छ।
"राम्रो न्यूनतम कार्यक्रम बनेको छ। यसलाई भोलि शीर्ष तहले स्वीकृत गरेपछि सार्वजनिक हुनेछ", उनले भने, "जनतालाई परिवर्तनको आभास दिलाउने सरकार हो भन्ने महसुस गराउने गरी न्यूनतम साझा कार्यक्रम आउने छन्।"
पुस १४ गते बसेको सत्तासाझेदार दलहरूको बैठकले साझा कार्यक्रम ल्याउन उपप्रधानमन्त्री तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एक कार्यदल गठन गरेको थियो।
अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवल शमशेर राणा र जनता समाजवादी पार्टी, नेपालबाट रकम चेम्जोङ छन्। कार्यदलले सत्तासाझेदार सबै दलहरूको सुझावअनुसार साझा कार्यक्रम बनाएको बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
