इजरायली गुप्तचर एकाइले प्राप्त गरेको एउटा भिडियोमा विपिन जोशी पनि देखिएका छन्। यो तस्वीर त्यही भिडियोबाट लिइएको हो र उक्त भिडियो बुधबार राति सार्वजनिक गरिनेछ।
काठमाडाैँ– हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको नयाँ तस्वीर सार्वजनिक भएको छ।
हमासले बन्धक बनाएकाहरूका परिवारको समूह 'बन्धक परिवार फोरम'का अनुसार इजरायली गुप्तचर एकाइहरूले प्राप्त गरेको एउटा भिडियोमा विपिन जोशी पनि देखिएका छन्। उक्त भिडियो बुधबार राति जारी गरिनेछ। यो नयाँ तस्वीर त्यही भिडियो क्लिपबाट लिइएको जेरुसेलम पोस्टले जनाएको छ। तर त्यो भिडियो कहिले र कहाँ खिचिएको हो भन्नेबारे समाचारमा उल्लेख छैन।
विपिन २०२३ को अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणदेखि सम्पर्कविहीन छन्। उनलाई हमासले बन्धक बनाएर राखेको बताइएको छ। उनी त्यस घटनाको तीन हप्ताअघि मात्रै कृषि शिक्षा कार्यक्रमको लागि इजरायल पुगेका थिए।
उनीसँगै त्यतिबेला हमासले २५१ जनालाई बन्धक बनाएर लिएको थियो। तीमध्ये अस्थायी युद्धविरामका दाैरान केहीलाई छोडियो भने केहीको मृत्यु भइसकेको छ। विपिनको अवस्थाबारे भने अझैसम्म यकिन जानकारी थिएन।जेरुसेलम पोस्टका अनुसार विपिनलाई हमासले गाजामा अपहरण गरेपछि एक पटक शिफा अस्पतालमा राखेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा केही दिनयता हमास र इजरायली प्रतिनिधिबीच गाजा शान्ति वार्ता चलिरहेको छ। यसमा दुवै पक्ष सकारात्मक देखिएकाले विपिन जोशीसहित सबै बन्धकहरूको रिहाइको आशा पनि बढेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
