व्यापारको तथ्यांक हेर्दा अघिल्लो दशैँको तुलनामा यसपटक प्रदर्शन भएका तीन वटै चलचित्रको व्यापार उत्साहजनक हुन सकेको छैन।
काठमाडौँ– दशैँको अवसर पारेर फूलपाती अर्थात् असोज १३ गतेदेखि तीन चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन्। दशैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन्।
चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र बलिदानले असोज २० गते राती ११:५५ सम्ममा ३ करोड ७५ लाख ५३ हजार रुपैयाँ व्यापार (ग्रस कलेक्सन) गरेको तथ्यांक छ। उक्त चलचित्रले एक लाख १९ हजार ५६१ टिकट बिक्री भएबापत उक्त व्यापार गरेको हो। सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र बलिदानमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन्।
अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गरेको चलचित्र हरिबहादुरको जुत्ताले ३ करोड २१ लाख ७० हजार रुपैयाँ व्यापार गरेको छ। यसका ९० हजार ९४७ टिकट बिक्री भएका छन्। दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र हरिबहादुरको जुत्तामा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायत कलाकारले अभिनय गरेका छन्।
फूलपातीकै अवसरमा प्रदर्शन भएको चलचित्र माइतीघरले २ करोड १३ लाख ६४ हजार रुपैयाँ व्यापार गरेको छ। उक्त चलचित्रको ६८ हजार ३२ टिकट बिक्री भएबापत सो व्यापार भएको हो। रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गरेको चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारले अभिनय गरेका छन्।
पछिल्ला वर्षमा दशैँमा नेपाली चलचित्रको व्यापार राम्रो भएको पाइएपछि यो दशैँमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका थिए। यद्यपि व्यापारको तथ्यांक हेर्दा अघिल्लो दशैँको तुलनामा यसपटक चलचित्रको व्यापार उत्साहजनक हुन सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
