बिहीबार नेप्से परिसूचक २२.५९ अंकले बढेर २५८२.१८ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शेयर धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा २५ करोडबाट हटाएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उल्लेख्य वृद्धि देखिएको छ।
राष्ट्र बैंकले उक्त सीमा हटाएपछि लगानीकर्ताहरू उत्साहित हुँदा नियमित बजार खुलेको ३ मिनेटभित्रै ४ प्रतिशतले नेप्से बढेर सकारात्मक सर्किट लागेको थियो। त्यसपछि २० मिनेट कारोबार रोकिएपश्चात् खुलेको बजार बिहीबार बढेर बन्द भएको हो। नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २२.५९ अंकले बढेर २५८२.१८ को विन्दुमा कायम भएको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ४.८४ अंक बढेको छ भने फ्लोट इन्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६९ अंक बढेको छ।
बिहीबार कुल ३१३ कम्पनीको एक करोड १८ लाख ३० हजार कित्ता शेयर पाँच अर्ब २७ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधबार भने पाँच अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएको थियो।
यस दिन कारोबारमा आएका कम्पनीमध्ये २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ। त्यसैगरी, १० कम्पनीको शेयर मूल्यमा कुनै उतारचढाव भएन।
यस दिन सबैभन्दा धेरै विन्ध्यवासिनी हाइड्रोपावरको शेयर मूल्य ८.२१ प्रतिशत बढेको छ भने त्यसपछि एशियन हाइड्रोपावरको शेयर मूल्य ५.५४ प्रतिशतले बढेको छ। यस्तै, थ्रिस्टार हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ९.०९ प्रतिशतले घटेको छ भने भूगोल इनर्जीको शेयर मूल्य पनि प्रतिकित्ता ५.४३ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
