शान्ति सुरक्षाबारे गृहमन्त्री अर्यालले गरे चारवटै सुरक्षा प्रमुखसँग छलफल

गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।

काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।

छलफलमा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीसहित उच्च सैनिक अधिकारीको सहभागिता रहेको थियो।

छलफल समग्र देशको शान्ति सुरक्षाको विषयमा केन्द्रित रहेको गृह मन्त्रालयले बताएको छ। सो क्रममा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिले आफ्नो क्षेत्रबाट भइरहेका कामका गतिविधिका साथै सुरक्षा अवस्था र पछिल्लो चुनौतीका बारेमा जानकारी गराएका थिए।

बैठकमा सहभागी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समग्र शान्ति सुरक्षालाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए।