यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हंगेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई दिने निर्णय गरिएको पुरस्कार छनोट समितिले बिहीबार घोषणा गरेको छ।
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हंगेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई दिने निर्णय गरिएको पुरस्कार छनोट समितिले बिहीबार घोषणा गरेको छ। पुरस्कार समितिले ‘प्रलयकारी भयका बीच पनि कलाको शक्ति पुनः पुष्टि गर्ने उनका प्रभावशाली र दूरदर्शी रचना’का लागि क्राज्नाहोर्काइलाई पुरस्कृत गर्ने निर्णय गरेको जनाएको हो।
नोबेल एकेडेमीले क्राज्नाहोर्काइलाई ‘काफ्कादेखि थोमस बर्नहार्डसम्म फैलिएको मध्य युरोपेली परम्परामा एक महान महाकाव्य लेखक’का रूपमा व्याख्या गरेको छ। उनका सिर्जनामा बेतुकवाद र विचित्र ज्यादतीको विशेषता पाइन्छ।
उनको पहिलो उपन्यास, ‘सटाटान्गो’ (सन् १९८५ मा प्रकाशित)ले उनलाई हंगेरीमा प्रख्यात बनाएको र यो त्यहाँ उनको सबैभन्दा प्रसिद्ध कृति बनेको पुरस्कार समितिले जनाएको छ। एकेडेमीले उक्त कृतिलाई 'साहित्यिक सनसनी' भनेको छ।
सन् १९५४ मा दक्षिणपूर्वी हंगेरीको एउटा सानो शहरमा मध्यमवर्गीय परिवारमा जन्मिएका क्राज्नाहोर्काइ नोबेल पुरस्कार पाउने हंगेरीका दोस्रा साहित्यकार हुन्। यसअघि सन् २००२ मा इम्रे केर्टेस उक्त पुरस्कारबाट सम्मानित भएका थिए।
उनका कैयौँ कृति हंगेरियाली भाषामा प्रकाशित छन् भने ती कृतिहरू अंग्रेजी, फ्रेन्च, जर्मन र स्विडिसलगायत अन्य भाषामा पनि छापिएका छन्। उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका छन्।
पुरस्कारबाट सम्मानित भएपछि लेखक क्राज्नाहोर्काइले स्विडेनी प्रसारक स्भेरिजेस रेडियोसँग भने, “म धेरै खुसी र शान्त छु। पुरस्कार पाएको समाचारले मलाई घबराहट महसुस भएको छ।” उनले यसलाई ‘नोबेल पुरस्कार विजेताका रूपमा मेरो पहिलो दिन’ भएको बताए।
यस वर्षका लागि हालसम्म चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ। अब शान्ति र अर्थशास्त्रतर्फ का विजेताको नाम घोषणा हुन बाँकी छ। सबै पुरस्कार आगामी डिसेम्बरमा वितरण गरिने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
