कोशी र गण्डकी हल्का वर्षाको सम्भावना

विभागका अनुसार राति कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ।

काठमाडौँ– नेपालमा पश्चिमी, मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर हुँदै गएको छ।  

जल तथा मौसम विज्ञान विभागले लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा पश्चिमी तथा बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव रहे पनि त्यो कमजोर रहेको जनाएको छ । 

दिउँसो कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ। कोशी र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

विभागका अनुसार राति कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ। साथै यी दुवै प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।