तोलामा ४ हजार २०० रुपैयाँले घट्यो सुन

बिहीबार २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको एक तोला सुनको मूल्य आज २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ।

काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ। बिहीबारको तुलनामा प्रतितोला ४ हजार २०० रुपैयाँले सस्तो भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको एक तोला सुनको मूल्य आज २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ। 

चाँदीको मूल्य भने बढेको छ। बिहीबार एक तोला चाँदी ३ हजार २५ रुपैयाँमा खरिदबिक्री भएको थियो। आज बढेर ३ हजार ८५ रुपैयाँ पुगेको छ। 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।