तिहारलक्षित फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३२ स्थल

फूल बिक्री कक्षमा स्थानीय किसान तथा व्यवसायीले नेपाली फूल र माला बिक्री गर्न सक्नेछन्। यसबाट स्वदेशी उत्पादनको प्रवर्द्धन हुने महानगरको विश्वास छ।

काठमाडौँ– तिहारको समयमा फूल तथा माला बिक्री वितरण सहज बनाउन काठमाडौं महानगरले ३२ वटा बिक्री स्थल तोकेको छ।

महानगरले शुक्रबार पत्रकार सम्मेलन गर्दै फूल बजार व्यवस्थापन, विदेशी फूलको आयात नियमन तथा फूल बिक्री कक्ष सञ्चालनबारे जानकारी दिइएको हो। 

महानगरका अनुसार नयाँ बानेश्वर, चाबहिल, माछापोखरी, कालीमाटी, स्वयम्भू, कमलादी,  अनामनगर, टेवाल, सुनधारा, न्युप्लाजालगायत स्थानमा नेपाली फूल तथा माला बिक्रीका लागि व्यवस्था मिलाइएको छ।

शंखमुलको बिगमार्ट, मध्यबानेश्वरको सेल्लबेरी,  बत्तिसपुतलीको फोनेक्स टावर, तीनकुनेको तीनकुने चौर, सिफल चौर, चाबहिलको गणेशस्थान तरकारी बजार, चाबहिल सेन्टर र केएल टावर अगाडी, स्वयम्भूस्थित धर्मचक्र पार्क, कालिमाटी ब्यांक्वेट, धौखेल, कलंकी भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर, माछापोखरीको बुद्ध महल र गुणस्तर खाल्डो रहेका छन्। 

यसैगरी, हाँडीगाउँ, सामाखुशी, महाराजगन्जको सेल्सबेरी, गोंगबु बिगमार्ट, चपलकारखाना, बालुवाटार, कमलादी, पुतलीसडक, टेवाल मन्दिर परिसर, वडानं २८ अद्भुतमार्ग वडा कार्यालय बनाउने स्थानमा बिक्री स्थल तोकिएको छ।

फूल बिक्री कक्षमा स्थानीय किसान तथा व्यवसायीले नेपाली फूल र माला बिक्री गर्न सक्नेछन्। यसबाट स्वदेशी उत्पादनको प्रवर्द्धन हुने महानगरको विश्वास छ।