राष्ट्रपति भवन शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू र प्रमुख दलका नेताहरू सहभागी भएका छन्।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा सरकार र विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्।
आगामी फागुन २१ गतेका लागि तय निर्वाचनलगायत समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न राष्ट्रपति पौडेलले आज (शुक्रबार) बैठक बोलाएका थिए। बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्रीहरू सहभागी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल सहभागी छन्।
त्यस्तै, नेकपा माओवादी केन्द्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रवक्ता ज्ञानेन्द्र शाही र मीना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल बैठकमा सहभागी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)बाट रेनु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा. जय कुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट सुनिल प्रजापति, तथा जनता समाजवादी पार्ट (जसपा) नेपालबाट विद्युत् बज्राचार्य र प्रकाश अधिकारी सहभागी थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
