वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बीपी राजमार्ग मर्मतपछि शुक्रबारबाट एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
काठमाडौँ– बागमती, मधेश र कोशी प्रदेशका जिल्लालाई जोड्ने बीपी राजमार्ग शुक्रबार दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
असोज १७, १८ र १९ गतेको लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको राजमार्ग मर्मत गरी एकतर्फी रूपमा सञ्चालन गरिएको हो।
राजमार्गको काभ्रे र सिन्धुलीका विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब चार किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी सञ्चालन गरिएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेले बताए। उनका अनुसार उक्त राजमार्ग दुईतर्फी रूपमा आइतबारदेखि सञ्चालनमा आउने छ।
सडक खुलाउन रोशीखोलामा डाइसर्भन निर्माण, बगर मिलाउने, खाल्डा पुर्नेलगायत काम गरिएको छ। क्षतिग्रस्त सडकको मर्मत सोमबारदेखि शुरू गरिएको थियो। बाढीपहिरोका कारण काभ्रेको चौकीडाँडामा सबैभन्दा बढी क्षति पुगेको थियो।
साथै काभ्रेको कटुञ्जे, चारसयबेँसी, चिउरीबास, मंगलटार (बोक्सीकुना), कालढुंगा, पिप्ले (माथिल्लो), पिप्ले (तल्लो), मान्ती (माथिल्लो) र मान्ती (तल्लो)मा सडक क्षति पुगेको थियो। त्यसैगरी, सिन्धुलीको बालुवा, आँपघारी र नेपालथोक (झोलुंगे पुल)मा क्षति पुगेको न्यौपानेले जानकारी दिए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार बिहान चौकीडाँडा क्षेत्रको अनुगमन गरी सडक मर्मतको अवस्थाबारे जानकारी लिएका थिए। सोक्रममा उनले उपकरण तथा जनशक्ति थप गर्न र बत्तीको व्यवस्था गरी राति पनि काम गर्न निर्देशन दिएका थिए।
रोशी खोलामा गत वर्ष पनि असोज महिनामा आएको बाढीले राजमार्गमा क्षति पुर्याएको थियो। यस वर्ष पनि गत साल अस्थायी रूपमा सडक बनाएकै ठाउँमा क्षति पुगेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
