बाहिरियो यस वर्षको मनसुन

मनसुन बहिर्गमन भइसकेकाले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बाहिरियो यस वर्षको मनसुन
फाइल तस्वीर

काठमाडौँ–  यस वर्षको मनसुन शुक्रबार नेपालबाट नेपालबाट बाहिरिएको छ। मनसुन बहिर्गमन भइसकेकाले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ। 

कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना छ। विभागका अनुसार राति कोशीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ।

मनसुनको उत्तरार्द्धमा यसपालि देशका ५० भन्दा बढी जिल्लामा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको थियो। उक्त मनसुनी विपद्‍मा परी ५३ जनाको मृत्यु र पाँच जना बेपत्ता भएका विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारीले जानकारी दिए।  

उनका अनुसार यस वर्ष निर्धारित मितिभन्दा १५ दिन अगाडि गत जेठ १५ गते मनसुन भित्रिएको थियो। देशभर मनसुन फैलिन २३ दिन लागेको थियो।