इजरायलले सन् २०२३ अक्टुबर ७ पछि पक्राउ परेका २५० सहित एक हजार ७०० प्यालेस्टिनी कैदीको सूची रिहाइका लागि प्रकाशित गरेको छ।
इजरायलले युद्धविराम घोषणा गर्दै गाजाबाट सेना फिर्ता गर्न शुरू गरेसँगै विस्थापित प्यालेस्टिनी घर फर्किन थालेका छन्।
इजरायली सेनाले युद्धविराम सम्झौता र बन्धकको फिर्तीको तयारीका लागि स्थानीय समय अनुसार शुक्रबार मध्यान्हमा सैन्य कारबाही बन्द गरेको बताएको छ।
यसले गाजामा रहेका इजरायलका बाँकी बन्धकका परिवारमा पनि युद्धविराम कायम हुने आशा जागेको छ।
इजरायलले सैन्य कारबाही बन्द गरेको घोषणा गरेको तीन घण्टापछि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले डोनाल्ड ट्रम्पको शान्ति योजनामा इजरायलले फिर्ता हुने पहिलो चरणको काम पूरा भएको पुष्टि गरेको थियो।
इजरायली सेनाले अझै पनि प्यालेस्टाइनको ५३ प्रतिशत भूभाग कब्जा गरेको छ। इजरायली सेनाको फिर्तीसँगै हमासलाई गाजामा रहेका बाँकी बन्धक रिहा गर्न ७२ घण्टाको समयसीमा तय भएको छ।
यसैबीच, इजरायलले रिहा गर्ने योजना बनाइएका सन् २०२३ अक्टुबर ७ पछि पक्राउ परेका २५० सहित एक हजार ७०० प्यालेस्टिनी कैदीको सूची प्रकाशित गरेको छ।
अनिकालको अवस्थाबीच थकित प्यालेस्टिनीको लामो लहर दक्षिणी शहर खान युनिसबाट उत्तरमा आफ्ना भत्केका घरतर्फ अघि बढेको छ।
गाजा र इजिप्टबीचको राफा सीमामा रहेको युरोपेली संघको मिसनले आगामी अक्टोबर १४ देखि पैदल यात्री मार्ग पुनः खोल्ने भएको इटालीले जनाएको छ।
युद्धविराम सम्झौताअनुसार हमासले अपहरणमा परेका २५१ जनामध्ये अझै पनि बन्धक बनाइएका ४७ जना जीवित र मृत व्यक्तिलाई हस्तान्तरण गर्नेछ। सन् २०१४ देखि गाजामा बन्धक बनाइएका थप एक व्यक्तिको अवशेष पनि फिर्ता हुने अपेक्षा गरिएको छ। (रासस/एएफपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
