बारामा माटो खन्ने क्रममा पुरिएर १ जनाको मृत्यु, १२ घाइते

बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू शनिबार बिहान माटो खन्न गएका थिए।

बारा– छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्। 

बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू शनिबार बिहान माटो खन्न गएका थिए। 

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–५ निवासी ६५ वर्षीया शरदा देवी रहेकी छन् भने गम्भीर घाइतेहरूको नाम खुल्न सकेको छैन। 

घटनामा परी अन्य १० जना सामान्य घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयाका लगिएको छ। सशस्त्र प्रहरी र जनपथ प्रहरीले घाइतेको उद्धार गरेका थिए।