पर्यटक लोभ्याउने सम्पदाहरू [तस्वीरहरू]

नेपालमा पाइने वन्यजन्तु, वनस्पति र जैविक विविधता तथा तिनको समग्र पारिस्थितिकीय प्रणालीले विश्वभरका पर्यटक आकर्षित गर्ने गरेको छ।

पर्यटक लोभ्याउने सम्पदाहरू [तस्वीरहरू]
दृष्टान्त बिडारी/नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– नेपाल प्राकृतिक सम्पदा तथा जैविक विविधताले धनी छ। यहाँ पाइने वन्यजन्तु, वनस्पति र जैविक विविधता तथा तिनको समग्र पारिस्थितिकीय प्रणालीले विश्वभरका पर्यटक आकर्षित गर्ने गरेको छ।

देश भौगोलिक हिसाबले जति सानो छ, प्राकृतिक हिसाबले उति ठूलो र सुन्दर छ। हिमनदी, हिमाल, पहाड तथा नदीहरूले विभाजित तराई क्षेत्र वन्यजन्तु संरक्षणमा संसारलाई उछिनेको छ। 

null

९०० भन्दा बढी प्रजातिका चरा, २०० भन्दा बढी जनावर, उति नै धेरै माछा र ५० भन्दा बढी सरीसृप सँगसँगै अनगिन्ती किराफट्यांग्रा र वनस्पति नेपालमा पाइन्छ। देशको कूल भूभागको २३.३९ प्रतिशत जमिनलाई संरक्षित क्षेत्र घोषणा गरिएको छ।

null

संसारमै लोपोन्मुख प्रजातिको पाटे बाघ, एकसिंगे गैँडा, जंगली हात्ती जस्ता जनावर सजिलै देख्न सकिन्छ। यसैगरी बर्सेनि लाखौँको संख्यामा चराहरू अन्य मुलुकबाट  बसाइँ सरेर आउने गर्छन्। 

संसारमा कतै नपाइने चरा काँडे भ्याकुर हाम्रो देशको पहाडी भूभागमा पाइन्छ। यसका आधारमा नेपालले वैज्ञानिक खोज र पर्यटनमा नेपालले ठूलो फड्को मार्न सक्छ।

nullnullnullnullnullnull