जेनजी आन्दोलनका प्रतिनिधिले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन सम्पूर्ण राजनीतिक दल र सरोकारवालालाई आग्रह गरेका छन्।
काठमाडौँ– जेनजी आन्दोलनका प्रतिनिधिले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन सम्पूर्ण राजनीतिक दल र सरोकारवालालाई आह्वान गरेका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरूसँग छलफलपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरूले निर्वाचनमा सक्रिय सहभागिताका लागि दलहरूलाई आग्रह गरे।
उनीहरूले संसदीय अभ्यासमा रहेका पुराना दलहरूले निर्वाचनमा भाग नलिए चुनाव सम्पन्न हुन नसक्ने अवस्था आउन सक्ने भएकाले घोषित निर्वाचनलाई सदुपयोग गर्नुपर्छ भन्ने आफूहरूको स्पष्ट मान्यता रहेको उल्लेख गरे।
जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाका अनुसार निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो। निर्वाचनमार्फत जनप्रतिनिधि चयन हुने भएकाले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन होस् भन्ने आफूहरूको बलियो चाहना रहेको उनले बताए।
“निर्वाचनमा सबै दलहरू आइदिनुहोस्। यो लोकतान्त्रिक प्रक्रिया हो, कसैले रोक्न सक्दैन। सबैलाई भाग लिन पाउने अधिकार छ। जनताले छानेमा तपाईंहरू नै निर्वाचित हुनुहुनेछ। निर्वाचनमार्फत नयाँ शक्ति पनि उदाउन सक्छ। निष्पक्ष प्रतिस्पर्धा हुनेछ, सबै जना आउनुहोस्,” उनले भने।
वर्तमान मन्त्रिपरिषद्मा सडक आन्दोलनलाई उचाइमा पुर्याउन योगदान दिने व्यक्तिहरूलाई समावेश गर्नुपर्छ भन्ने आफूहरूको स्पष्ट धारणा रहेको ढुंगानाको भनाइ छ।
राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शुक्रबार अघिल्लो संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरू र सरकारबीच आगामी निर्वाचनका बारेमा छलफल भएको थियो। उक्त छलफलमा राजनीतिक दलका तर्फबाट चुनावका लागि शान्ति सुरक्षालगायत उपयुक्त वातावरण हुनुपर्ने धारणा व्यक्त भएको थियो भने सरकारका तर्फबाट राजनीतिक दलहरूलाई चुनावमा भाग लिन आग्रह गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
