टोलीले ढाकामा फेब्रुअरी ३ देखि ९ सम्म हुने साफ यू–२० महिला च्याम्पियनसिपमा भाग लिनेछ। प्रतियोगितामा आयोजक बंगलादेशसँगै, नेपाल, भारत र भुटानको सहभागिता रहने छ।
काठमाडौँ– नेपाली राष्ट्रिय यू–२० महिला फुटबल टोलीको दोस्रो चरणमा ३० खेलाडी छनोट भएका छन्।
मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले शुक्रबार प्रारम्भिक टोलीमा रहेका ४१ खेलाडीबाट ३० खेलाडी छनोट गरेका हुन्। यसअघि टोलीमा रहेका गोलरक्षक मीरा राईले अन्तिम ३० मा अटाएनन्।
यस्तै, डिफेन्डर रोजिना विष्ट, अनिशा कुँवर, दीपा पुन, शोभा क्षेत्री र कुमारी तामाङ पनि प्रारम्भिक टोलीबाट बाहिरिएका छन्। मिडफिल्डर सुशीला केसी, बिर्सना चौधरी र सलिना सारू पनि टोलीबाट बाहिरिएका छन्। फरवार्ड सेनु परियारले पनि अन्तिम ३० मा स्थान बनाउन सकिनन्।
टोलीले ढाकामा फेब्रुअरी ३ देखि ९ सम्म हुने साफ यू–२० महिला च्याम्पियनसिपमा भाग लिनेछ। प्रतियोगितामा आयोजक बंगलादेशसँगै, नेपाल, भारत र भुटानको सहभागिता रहने छ।
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक बंगलादेशसँग फेब्रुअरी ३ मा खेल्नेछ।
टोली
गोलकिपर : कविता विक, सावित्री किशन, लिला जोशी, पूजा थापा, सुजाता तामाङ
डिफेन्डरः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यस्माली मगर, प्रतीक्षा चौधरी, गंगा रोकाया
मिडफिल्डरः कुमारी तामाङ, तुलसा बोहरा, सुष्मा जीटी, कुसुम खतिवडा, जेनिफर राणा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामसी, सरस्वती हमाल, हिमा रावत, दीपा शाही
फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द, सदिपा भोलन
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
