नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूले एक अर्ब ५८ करोड ५६ लाख रुपैयाँ बराबरको भुक्तानी गरिसकेका छन्।
काठमाडौँ– गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म २३ अर्ब २२ करोड ७८ लाख रुपैयाँ बराबरको बीमा दाबी गरिएको छ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूले एक अर्ब ५८ करोड ५६ लाख रुपैयाँ बराबरको भुक्तानी गरिसकेका छन्।
बीमाबापतको रकम सहज र शीघ्र रूपमा उपलब्ध गराउन प्राधिकरणले देखाएको सक्रियताका कारण धमाधम अग्रिम रूपमा भुक्तानी गरिएको जनाइएको छ। हालसम्म कुल तीन हजार ९९ बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ। कुल दाबीमध्ये सम्पत्ति बीमा ६५३, मोटर बीमा २ हजार २०६, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १९०, परिवहन बीमा १२ र अन्य बीमा ३८ रहेका छन्।
त्यसैगरी, कोशी प्रदेशमा ३९६, मधेसमा ३५५, वाग्मतीमा १ हजार ६६९, गण्डकीमा २१२, लुम्बिनीमा २४६, कर्णालीमा २२ र सुदूरपश्चिम प्रदेशमा १९९ बीमा दाबीको आवेदन परेको छ। प्राधिकरणका अनुसार यो विवरण यही असोज २३ गतेसम्मको हो।
प्राधिकरणका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा सर्वाधिक बढी अर्थात् ५ अर्ब ६१ करोड ४४ लाखबराबरको बीमा दाबीको आवेदन परेको छ। सो कम्पनीले ५९ करोड ४४ लाखबराबरको रकम बीमितलाई भुक्तानी गरेको छ। त्यसैगरी, दी ओरियण्टल इन्स्योरेन्समा ५ अर्ब २४ करोड ४७ लाखबराबरको बीमा दाबीको आवेदन परेको छ। सो कम्पनीले ५ लाख ७० हजारबराबरको रकम भुक्तानी गरेको छ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा २ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ बराबरको बीमा दाबीको आवेदन परेको छ। सो कम्पनीले ३० करोड ४३ लाखबराबरको रकम बीमितलाई वितरण गरेको छ। शिखर इन्स्योरेन्समा २ अर्ब ४० करोड ८६ लाखबराबरको बीमा दाबी भएको छ। सो कम्पनीले ३१ करोड ९४ लाख रुपैयाँ बराबरको रकम उपलब्ध गराएको छ।
मुलुकभर हाल कुल माइक्रो इन्स्योरेन्स कम्पनीसहित १८ निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्। गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको आगजनी र तोडफोडमा परेका निजी संरचनाको हकमा बीमा भए पनि सरकारी र सार्वजनिक सम्पत्तिको भने बीमा नभएको पाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
