यसअघि सीएनएनले २० जना जीवित रहेको र विपिनसहित दुई जना बन्धकको अवस्था अज्ञात रहेको भन्दै समाचार लेखेको थियो।
काठमाडाैँ– हमासको नियन्त्रणमा रहेका जीवित बन्धकहरूको सूचीमा विपिन जोशी पनि रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
यसअघि सीएनएनले २० जना जीवित रहेको र विपिनसहित दुई जना बन्धकको अवस्था अज्ञात रहेको भन्दै समाचार लेखेको थियो। शनिबार द वाशिंटन पोस्ट, द टाइम्स अफ इजरायल लगायत सञ्चार माध्यमले सीएनएनले अज्ञात अवस्था भनेका विपिन र इजरायली बन्धक तामिर निमरोदी जीवित छन् भन्नेमा इजरायली पक्ष विश्वस्त रहेको समाचार लेखेका छन्। तामिर इजरायली सेनामा कार्यरत थिए।
शुक्रबारदेखि शुरू भएको पहिलो चरणको युद्धविरामले दुई वर्षको विनाशकारी युद्धको अन्त्य गर्ने दिशामा एक महत्वपूर्ण कदम चालेको छ। सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणबाट शुरु भएको युद्धमा ६० हजारभन्दा धेरै गाजबासीले ज्यान गुमाइसकेका छन् भने डेढ लाखभन्दा बढी घाइते भएका छन्।
उक्त आक्रमणमा इजरायलमा दश जना नेपाली विद्यार्थीसहित १,२०० जना मारिएका थिए भने २५१ जना अपहरणमा परेका थिए। तीमध्ये अस्थायी युद्धविरामका दाैरान केहीलाई छोडियो भने केहीको मृत्यु भइसकेको छ।
अपहरणमा पर्नेमा विपिन जोशी पनि छन्। उनी अपहरण परेपछि इजरायली सेनाले फेला पारेको एक भिडियो केही दिनअघि सार्वजनिक गरिएको थियो।
शुक्रबारबाट युद्धविराम शुरू भएसँगै बाँकी बन्धकहरूलाई ७२ घण्टाभित्र रिहा गरिने अपेक्षा गरिएको छ। इजरायलले बदलामा लगभग २,००० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने तयारी गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
