सुनको मूल्य तोलामा ३ हजारले वृद्धि

आज सुन तोलामा तीन हजारले बढेर दुई लाख ३८ हजार रुपैयाँ कायम भएको छ।

काठमाडौँ– गत शुक्रबारको तुलनामा सुनको मूल्य तीन हजार रुपैयाँले बढेको छ। यस्तै चाँदीको मूल्य पनि ४० रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भएको एक तोला सुनको मोल आज तीन हजारले बढेर दुई लाख ३८ हजार रुपैयाँ कायम भएको छ। सोही दिन एक तोला चाँदी तीन हजार ८५ रुपैयाँमा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार १२५ मा किनबेच  भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।