सरकार कुन ढंगले अगाडि बढ्छ त्यसलाई हेरेर विश्वासको मत दिनेबारे निर्णय लिने एकीकृत समाजवादीका अध्यक्ष नेपालले बताएका छन्।
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले धेरै विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मत दिनेबारे निर्णय लिने बताएका छन्। सरकार कुन ढंगले अगाडि बढ्छ त्यसलाई हेरेर विश्वासको मत दिनेबारे निर्णय लिने अध्यक्ष नेपालको भनाइ थियो।
शुक्रबार सर्वदलीय बैठकपछि नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले व्यक्तिगत रूपमा आफू प्रधानमन्त्री पुष्पकमल दाहालप्रति सकारात्मक रहेको धारणासमेत राखे।
"व्यक्तिगत रूपमा प्रचण्डजीप्रति मेरो पोजेटिभ नै धारणा छ। जहाँसम्म सरकार कुन ढंगले अगाडि बढ्छ, त्यो हेरिकन हामी टुंगो गर्छौं। सरकारलाई विश्वासको मत दिन हामीले त धेरै विश्लेषण गर्नुपर्छ। विश्लेषण गरेर बल्ल टुंगोमा पुग्नु पर्छ", उनले भने।
अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने विषयमा ठोस प्रस्ताव नआएको पनि स्पष्ट पारे। उनले इच्छुक पार्टीसँग मात्रै आफ्नो पार्टीले हातेमालो गर्दै जाने नीति लिएको बताए।
अध्यक्ष नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग भने एकताको लागि तत्काल वार्ता प्रक्रिया शुरू गर्ने बताए। अन्य साना वामपन्थी दलसँग एकता र सहकार्यका लागि अघि बढ्ने उनको भनाइ छ।
उनले पार्टीलाई सुदृढ र विस्तार गर्दै जनताको मुद्दालाई उठान गरेर अघि बढ्ने काममा आफ्नो पार्टीको ध्यान जाने पटक पटक दोहोर्याए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
