रोशीखोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको छ। गत वर्ष असोजको बाढीपहिरोले क्षतिग्रस्त बनाएपछि यहाँ डाइभर्सन बनाएर अस्थायी रूपमा सडक सञ्चालन हुँदै आएको थियो।
काभ्रेपलान्चोक– गत साताको बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गका विभिन्न खण्डमा अस्थायी ‘ट्र्याक’ खुलाइएपछि थप मर्मत थालिएको छ। बाढीले एक साता अवरुद्ध गराएको उक्त राजमार्ग औपचारिक रूपमा शनिबार बिहानदेखि खुलाइएको थियो।
बाढीले क्षतिग्रस्त बनाएका स्थानमा ‘डाइभर्सन’ बनाएर सडक सञ्चालनमा ल्याइए पनि साँघुरा र जोखिमपूर्ण खण्डमा मर्मत कार्य जारी रहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले यस मर्मत कार्यले तिहारको समयमा राजमार्गको यात्रा सहज बनाउने बताए। उनका अनुसार तीन वटा मेसिनले मर्मत गरिरहेका छन् भने अन्य ‘स्टेसन’मा मेसिनलाई तयारी अवस्थामा राखिएको छ। बाढीले पाँच दिनसम्म कटान गरेर बगरमा परिणत भएको सडक मर्मतमा कार्यालय लगातार खटेको थियो।
राजमार्गको क्षतिग्रस्त १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग शनिबारदेखि खुलाइएको हो। रातको समयमा करिब दुई दर्जन मेसिनद्वारा कामलाई निरन्तरता दिइएपछि शनिबारदेखि सवारीसाधन सञ्चालनमा ल्याउन र राजमार्ग पूर्ण रूपमा खुलाउन सम्भव भएको कार्यालयले जनाएको छ। शुक्रबार साँझसम्म राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्म ‘ट्र्याक’ परीक्षणका लागि खुलाइएको थियो।
योगेशले राजमार्गको चौकीडाँडा, कटुन्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँसी तथा पिप्लेको चार स्थानलगायत माम्तीको दुई स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी पूर्ण रूपमा यातायात सञ्चालन गरिएको बताए। राजमार्गको काभ्रेपलान्चोक खण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण गरिएको हो। कार्यालयले उक्त क्षेत्रमा सवारीसाधन चलाउँदा चालक तथा यात्रुलाई विशेष सावधानी अपनाउनसमेत अपिल गरिरहेको छ।
कार्यालयले उक्त राजमार्गको काभ्रेपलान्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी शुक्रबार अपराह्नमा ट्र्याक खुलाएको थियो। रोशीखोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको छ। सोही क्षेत्रमा गत साल असोजको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रूपमा सडक सञ्चालन हुँदै आएको थियो।
पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन्। कार्यालयले क्षतिग्रस्त राजमार्गको स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रिया अघि बढाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
